इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
barnanmedia.com · Fri Jul 24 22:34:43 GMT 2026

इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई शुक्रबार जग्गा धनी प्रमाण पत्र (लालपूर्जा) वितरण गरिएको छ । भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा वितरण गरेका हुन् ।
सो अवसरमा उनले सबै तिरबाट सहयोग मिलेमा यसै कार्यकालमा सबै सुकुमबासीले जग्गा धनिपत्र पाउने बताए । उनले ५०० दिनभित्र लालपूर्जा वितरण गरी सक्ने बताए । यसका लागि स्थानीय तह, जिल्लास्थित भूमि समस्या समाधान समिति, निवेदक सबैको साथ र सहयोग चाहिने बताए । सुकुमबासीका लागि लालपूर्जा वितरण गरिएको यो दोस्रो जिल्ला भएको उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)