हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
barnanmedia.com · Fri Jul 24 22:42:32 GMT 2026

हिमाचल प्रदेशको लाहौल–स्पीतिमा शुक्रबार दिउँसो एउटा कार पहिरोको चपेटामा परेको छ । १५ जना सवार उक्त कारमाथि चट्टान खस्दा १३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृतकहरूमा एक ६ महिनाका बालकसमेत रहेका छन् । प्रहरीका अनुसार मृतक सबै पाङ्गी उपत्यकाका बासिन्दा भएको बताइएको छ ।
यो दुर्घटना किल्लार–उदयपुर सडकखण्ड अन्तर्गत कडू नाला नजिकै भएको हो । दुर्घटनास्थलका सार्वजनिक भएका तस्बिरहरूमा कार पूर्ण रूपमा ध्वस्त भएको देखिन्छ । चम्बा जिल्लाको भरमौर पाङ्गीका भाजपा (बीजेपी) विधायक डा. जनक राजले १३ जना यात्रुको मृत्यु भएको पुष्टि गरेका छन् । उनले एक भिडियो सार्वजनिक गर्दै यस घटनाको बारेमा जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)