चोरी गर्न गएका व्यक्ति ३ तलाबाट खसे, घटनास्थलमै मृत्यु
annapurnapost.com · Sun Aug 30 01:43:08 GMT 2026

विराटनगर : विराटनगर महानगरपालिका–४ गणेश चोकस्थित एउटा घरमा मध्यराति चोरी गर्न पुगेका एक जना पुरुषको भाग्ने क्रममा मृत्यु भएको छ । पुरुषोत्तम न्यौपानेको घरमा आइतबार बिहानका राति १२:२० बजेतिर चोरी गर्ने उद्देश्यले प्रवेश गरेका अन्दाजी ३५ /४० वर्षका पुरुषको ३ तलामाथिबाट खसेर घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती व्यक्ति छिमेकीको घर हुँदै न्यौपानेको घरको माथिल्लो तलामा पुगेका थिए । घरधनीले अपरिचित व्यक्तिलाई देखेर होहल्ला गरेपछि आसपासका मानिससमेत जम्मा हुन थालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)