जेन–जी आन्दोलनमा रौतहट जेलबाट भागेका कैदी हेटौंडामा पक्राउ
kendrabindu.com · Fri Jul 24 03:44:40 GMT 2026

हेटौंडा । जेन–जी आन्दोलनको क्रममा रौतहट कारागारबाट फरार कैदी हेटौंडामा बिहीबार राति पक्राउ परेका छन् । रौतहट मौलापुर नगरपालिका–७ का ३४ वर्षीय शैलेन्द्र साह भन्ने शैलेन्द्रकुमार साहलाई मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–४ कर्राबाट पक्राउ गरेको हो ।
मुद्रा कसुर र संगठित अपराधसम्बन्धी मुद्दामा रौतहट जेलमा कैद भुक्तान गरिरहेका साह भदौ २३, २४ गतेको जेन–जी आन्दोलनको क्रममा २४ गते राती जेल फोडेर भागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)