राजस्व बढाउन कर वृद्धि
barnanmedia.com · Fri Jul 24 03:40:29 GMT 2026

कर्णाली प्रदेशले आफ्नो आन्तरिक आम्दानी वृद्धि गर्नका लागि साबिकको भन्दा करको दर केही बढाएको छ । डिभिजन वन कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको सहिद पार्क तथा वनस्पति उद्यान सञ्चालन गरेको भैरम सामुदायिक वन उपभोक्ता समूहले प्रदेशले तोके अनुसार ४० प्रतिशत पर्यटन शुल्क (रोयल्टी) बुझाएको छ ।
विगतमा पार्क सञ्चालनबाट प्राप्त कुल आम्दानीको १० प्रतिशत मात्र प्रदेश सञ्चित कोषमा बुझाउने व्यवस्था थियो । यस पटक आर्थिक वर्ष २०८२/८३ का लागि सामुदायिक वन समूहलाई ४० प्रतिशत बढी शुल्क बुझाउन पत्र आएको थियो । वन समूहले सो आवमा कुल २८ लाख छ हजार रुपियाँ पार्कबाट आम्दानी गरेको तथ्याङ्क छ । त्यसको ४० प्रतिशतले हुन आउने रकम ११ लाख २२ हजार चार सय रुपियाँ पर्यटन शुल्कबापत प्रदेश लेखा नियन्त्रकको कार्यालयमा बुझाएको छ । वन समूहका अध्यक्ष इन्द्रा चालिसेले यस वर्ष ४० प्रतिशत पर्यटन शुल्क बढी बुझाउनुपर्ने भएपछि पार्क सञ्चालनमा धेरै चुनौती थपिएको बताउनुभयो । शुल्क वृद्धि गर्नुपूर्व सम्बन्धित सरोकारवाला कार्यालयले पार्क तथा अन्य पर्यटन गतिविधि सञ्चालन गर्ने निकायसँग कुनै पनि छलफल वा जानकारी नगराएकोप्रति उहाँले आपत्ति जनाउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)