ल्हेन्दे खोलामा पुनः भीषण बाढी, नारायणगढ–मुग्लिङ हुँदै काठमाडौं र पोखरा जाने सडक ठप्प
newsofnepal.com · Sun Aug 30 01:42:52 GMT 2026

काठमाडौं ।
रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आज बिहान पुनः भीषण बाढी आएपछि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको बहाव बढेसँगै सम्भावित मानवीय तथा भौतिक क्षति रोक्न स्थानीय प्रशासन र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अपिल गरेका छन्। बाढी तथा पहिरोको जोखिम बढेपछि चितवन प्रहरीले नारायणगढबाट मुग्लिङ हुँदै काठमाडौं तथा पोखरातर्फ जाने–आउने सबै प्रकारका सवारी साधनको आवागमन अर्को सूचना नआएसम्म पूर्ण रूपमा बन्द गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)