इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा
clickmandu.com · Fri Jul 24 04:04:05 GMT 2026

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली कन्टेन्ट क्रिएटरहरूको सिर्जनशीलता प्रोत्साहन गर्ने उद्देश्यले ‘क्रिएटर्स भेटघाट’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी क्रिएटरहरूले प्रस्तुत गरेका कन्टेन्ट अवधारणामध्ये ६ उत्कृष्ट आइडियालाई आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिएको छ ।
६० भन्दा बढी कन्टेन्ट क्रिएटरको सहभागिता रहेको कार्यक्रममा इनड्राइभले ‘ड्रिम इट. डु इट.’ नामक नयाँ क्रिएटर फेलोशिप कार्यक्रमसमेत सार्वजनिक गरेको हो । यस कार्यक्रममार्फत क्रिएटरहरूले लामो समयदेखि निर्माण गर्न चाहेको आफ्ना सपनाका कन्टेन्टलाई वास्तविकतामा रूपान्तरण गर्न आवश्यक सहयोग प्राप्त गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)