नागरिकका गुनासा सुन्दै झापाका गाउँटोलमा सांसद इन्दिरा रानामगर
ajakoartha.com · Fri Jul 24 04:03:00 GMT 2026

झापा– गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म पुगिरहेकी छिन्, झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगर । रानामगरको पछिल्लो एक साताको अधिकांश समय नागरिकसँगको प्रत्यक्ष संवादमै बितिरहेको छ । स्थानीयका समस्या सुन्ने, सेवा प्रवाहको अवस्था बुझ्ने र समाधानका लागि पहल गर्ने उद्देश्यले उहाँले निर्वाचन क्षेत्रमा निरन्तर भेटघाटलाई प्राथमिकता दिइरहेकी छिन्।
निर्वाचन जितेपछि अधिकांश जनप्रतिनिधि राजधानीको राजनीतिक व्यस्ततामै सीमित हुन्छन् भन्ने जनधारणा नेपालमा नयाँ होइन । चुनावताका गाउँटोलमा बाक्लै देखिने नेताहरू त्यसपछि पाँच वर्षसम्म बिरलै फर्किने अनुभवले नागरिकमा निराशा पनि बढाएको थियो । तर पूर्वउपसभामुखसमेत रहनुभएकी रानामगर यतिबेला फरक अभ्यासमा देखिएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)