यी हुन् आज रास्वपाको अधिवेशन हुने २७ जिल्ला
nepalnews.com · Sun Jun 07 02:32:44 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनअन्तर्गत आइतबार (आज) २७ जिल्लामा अधिवेशन हुँदैछ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार आज उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, ललितपुर, तनहुँ, नवलपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्यूठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु, जुम्ला, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुने कार्यतालिका छ। विशेष सांगठनिक परिस्थितिका कारण बारा जिल्ला अधिवेशन भने यही जेठ २६ गते हुने सो पार्टीले जनायो। सोही दिन बागमती प्रदेशबाट प्रदेश अधिवेशन प्रारम्भ हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)