तेह्रथुम यात्रा: सङ्कल्पको उकालो र चेतनाको उज्यालो
nagariknews.nagariknetwork.com · Fri Jul 24 04:08:53 GMT 2026

मानव जीवन आफैँमा एउटा अविरल र रहस्यमय यात्रा हो, जहाँ समयका साना(तिना फुर्सदहरूले पनि नयाँ भूगोल र जीवनदर्शनसँग साक्षात्कार गराउने चेतनाको ढोका खोलिदिन्छन्। सरकारले उपलब्ध गराएको साताको दुई दिने बिदा र छोराको प्रथम त्रैमासिक परीक्षापछिको फुर्सदलाई हामीले केवल आराममा सीमित राखेनौँ। त्यसलाई नयाँ भूगोल र संस्कृति बुझ्ने अवसरमा बदल्ने उद्देश्यका साथ कोशी प्रदेशको सबैभन्दा सानो तर उच्च बसाइँसराइको समस्या झेलिरहेको पहाडी जिल्ला तेह्रथुमतर्फ पाइला मोड्ने दुई दिने खाका कोरियो।
मानव जीवनमा इच्छाशक्ति नै त्यो आन्तरिक ऊर्जा हो, जसले मानिसलाई हरेक भौतिक र प्राकृतिक बाधासँग जुध्ने सामर्थ्य प्रदान गर्छ। जब मनभित्र घुम्ने र प्रकृतिलाई स्पर्श गर्ने अगाध चाहना जाग्छ, तब परिस्थितिका चुनौतीहरू फिक्का बन्दै जान्छन्। आकाशबाट निरन्तर बर्सिरहेको मुसलधारे झरीले सडक हिलाम्मे बनाएको थियो, तर त्यसले हाम्रो यात्रा(तृष्णा र दृढ आत्मबललाई पखाल्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)