मञ्जुश्री फाइनान्सको ८ लाख ३९ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?
arthasansar.com

मञ्जुश्री फाइनान्सको ८ लाख ३९ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ८ लाख ३९ हजार ५८३ कित्ता सेयर आज साउन ८ गतेबाट लिलामी प्रक्रिया मार्फत बिक्रीमा राखिएको हो।
यो सेयरमा योग्य व्यक्ति तथा संगठित संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)