शंकर ग्रुपका अध्यक्ष व्यवसायी शंकरलाल अग्रवाल जेल चलान (पूर्ण पाठसहित)
bishowkhabar.com · Fri Jul 24 04:35:23 GMT 2026

काठमाडौं -शंकर ग्रुपका अध्यक्ष व्यवसायी शंकरलाल अग्रवाल बैंकिङ कसुरको मुद्दामा पुनः पक्राउ परी जेल चलान भएका छन् । बिहीबार उच्च अदालत पाटनको वाणिज्य इजलासले धरौटीमा रिहा गर्न अस्वीकार गर्दै उनलाई थुनामा पठाउने आदेश दिएको हो ।
दीपक भट्टको सम्पत्ति शुद्धीकरण कसुरका लागि कर्जा अपचलन गरी बैंकिङ कसुर गरेको अभियोगमा अग्रवालमाथि मुद्दा चलेको थियो । तत्काल पक्राउ नपरी फरार रहेका अग्रवाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको थियो । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले जगदम्बा स्टिल लिमिटेडले बैंकबाट लिएको कर्जा दुरुपयोग प्रकरणमा अग्रवालको संलग्नता रहेको देखिएको भन्दै थुनामै पठाउने आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)