सुरज वैद्य बने अनररी कन्सुलर कप्र्स नेपालको डीन
ajakoartha.com · Fri Jul 24 04:46:00 GMT 2026

काठमाडौं- प्रतिष्ठित व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डिस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अवैतनिक वाणिज्यदूतहरूको संगठन अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन)को डीनमा निर्विरोध निर्वाचित भएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष वैद्य फिलिपिन्सका अवैतनिक वाणिज्यदूत हुन्। काठमाडौंमा सम्पन्न एचसीसीएनको साधारणसभाले वैद्यलाई नयाँ डीनमा सर्वसम्मत चयन गरेको हो । यसअघि बुल्गेरियाका लागि नेपालस्थित भोला थापा यसको डीन थिए। सम्मेलनले एचसीसीएनको भाइस डीनमा पासाङ दावा शेर्पालाई चयन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)