लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
ratopati.com · Fri Jul 24 05:06:34 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा दुई साउदी तेल ट्याङ्करमाथि भएको आक्रमणपछि इरान र यमनका हुथी विद्रोहीलाई कडा सैन्य सजाय दिने चेतावनी दिएका छन् । हुथी समूहले आफूहरूले ती ट्याङ्करलाई क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ ।
यस घटनाले पश्चिम एसियाको युद्ध अर्को महत्त्वपूर्ण समुद्री व्यापार मार्गसम्म फैलिएको छ । यस आक्रमणपछि विश्वव्यापी तेल आपूर्तिमा असर पर्ने चिन्ताले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । ब्रेन्ट क्रुडको भाउ ६ प्रतिशतभन्दा बढी बढ्दै प्रति ब्यारेल १०० अमेरिकी डलर नाघेको छ । ब्रेन्टको भाउ यो स्तरमा पुगेको मे महिनायता पहिलो पटक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)