इरान युद्धसम्बन्धी अधिकार सीमित गर्न अमेरिकी प्रतिनिधिसभाद्वारा प्रस्ताव पारित
kendrabindu.com · Fri Jul 24 05:11:41 GMT 2026
काठमाडौं । अमेरिकी प्रतिनिधिसभाले कंग्रेसको पूर्वस्वीकृतिबिना राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सञ्चालन गरिरहेको सैन्य कारबाहीलाई सीमित गर्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ । यसलाई इरानसँगको द्वन्द्वमा राष्ट्रपतिले अपनाएको नीतिप्रति सांसदहरूले व्यक्त गरेको पछिल्लो ठूलो असहमतिको रूपमा हेरिएको छ ।
डेमोक्रेटिक सांसद प्रमिला जयपालले प्रस्तुत गरेको उक्त प्रस्तावको पक्षमा चार रिपब्लिकन सांसदले डेमोक्र्याटहरूसँगै मतदान गरेका थिए । प्रस्तावको पक्षमा २१४ र विपक्षमा २०८ मत परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)