सुनको मूल्य ५ हजार ८०० रुपैयाँले घट्यो
shilapatra.com · Fri Jul 24 05:06:00 GMT 2026

नेपाली बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ । बिहीबारको तुलनामा सुन तोलामा ५ हजार ८०० र चाँदी १५५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ३५० निर्धारण भएको छ । बिहीबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार ३०० र त्यति नै परिमाणको चाँदी ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)