साढे ६ लाखसहित विमानस्थलबाट उपसचिव पक्राउ परेको घटना प्रहरीले किन राख्यो गुपचुप ?
lokaantar.com

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ठुलो परिमाणको नगदसहित एक सरकारी कार्यालयका प्रमुख पक्राउ परेको घटनालाई प्रहरीले गुपचुप राखेको पाइएको छ । साउन ३ गते भएको यो घटनालाई सर्वसाधारण र सञ्चारमाध्यमबाट ओझेलमा राख्न खोजिएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको हो ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख (उपसचिव) मिक्मार तामाङ ६ लाख ६५ हजार रुपैयाँ नगदसहित पक्राउ परेका हुन् । दोलखाको भिमेश्वर नगरपालिका–९ घर भएका तामाङ बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जाँदै गर्दा पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)