खतरा छ बागमतीमा पौडिनु
barnanmedia.com · Fri Jul 24 05:22:36 GMT 2026

सर्लाही, साउन ८ गते । गत जेठ ९ गते बागमती नदीमा पौडी खेल्न गएका सर्लाहीको लालबन्दीका १९ वर्षीय गणेश महतो र १८ वर्षीय रोहित महतोको डुबेर मृत्यु भयो । साथीसँगै रमाइलो गर्न पुगेका गणेश र रोहितको शव २४ घण्टापछि फेला पारिएको थियो । बागमती नदीको ड्याममा गहिरो पानी हुने भएकाले डुबेर बेपत्ता भएका व्यक्तिको खोजीमा असाध्य समस्या हुन्छ ।
सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमतीमा पौडी खेल्न जाने युवाको यसरी बारम्बार डुबेर मृत्यु हुने व्रmम रोकिन सकेको छैन । पटक पटक भइरहने यसप्रकारका दुर्घटना रोक्न कुनै पनि निकायबाट ठोस पहल हुन नसकेको स्थानीय गुनासो गर्छन् । बागमतीस्थित नुनथर झोलुङ्गे पुलनजिकै ढुङ्गामा ‘यहाँ खतरा छ’ भनेर लेख्नुबाहेक जोखिमयुक्त स्थानमा असुरक्षित किसिमले जथाभाबी खेलिने पौडी रोक्न कसैले वास्ता गरेको छैन । सर्लाहीको बागमती नगरपालिका–११, कर्मैयाका भीमसेन थापाले बागमतीमा बारम्बार हुने दुःखद घटना रोक्न कुनै पनि निकायबाट ठोस पहल हुन नसकेको गुनासो गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)