सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारको दबाब दिएको आरोप
kendrabindu.com · Sat Jul 25 00:43:49 GMT 2026

काठमाडौं । रास्वपा वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि न्यायालयमाथि हस्तक्षेप भएको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाले विज्ञप्ति जारी गरेका छन्। एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र आईसीजेले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामाका लागि दबाब दिएको दाबी गरेका छन्। सरकारले भने राजीनामाका लागि दबाब दिएको पुष्टि गर्न चुनौती दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई राजीनामा दिन राजनीतिक दबाब दिइएको भन्दै एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) ले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। उनीहरूले न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी सरकारले कदम चालेको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)