उच्चस्तरीय भ्रमणको गृहकार्य
barnanmedia.com · Sat Jul 25 00:38:09 GMT 2026

छिमेकी मुलुक भारत, चीन तथा अन्य मुलुकतर्फ नेपालबाट हुने उच्चस्तरीय भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय जुटेको छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार भेटघाटमा नेपालबाट सम्भावित उच्चस्तरीय भ्रमणको तयारीमा जुटिरहेको जनाएको हो । प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणका विषयमा आवश्यक गृहकार्यमा मन्त्रालय रहेको प्रवक्ता लोकबहादुर क्षेत्रीले बताउनुभयो ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको चर्चाको विषयमा सञ्चारकर्मीद्वारा सोधिएको प्रश्नमा प्रवक्ता क्षेत्रीले भन्नुभयो, “मिति र समय नतोकिए पनि उच्चस्तरीय भ्रमणको तयारीमा मन्त्रालय हरदम काम गरिरहेकै हुन्छ र गरिरहेको छ । कहिले भन्ने कुरामा पछि मिति तय भएपछि जानकारी दिइन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)