आलेखः चुच्चे खोलाको खुवा, हेटौँडाको कोसेली
barnanmedia.com · Fri Jul 24 05:52:33 GMT 2026

हेटौँडा उपमहानगरपालिका–१७ स्थित चुच्चे खोला यतिखेर यहाँ पाइने खुवाकै कारण चासो र चर्चामा छ । खुवा उत्पादनमा विशिष्ट पहिचान जस्तै बनेको यहाँ बनाइने खुवा अहिले हेटौँडाको मुख्य कोसेली नै बनेको छ ।
विभिन्न पेसा र व्यवसायमा आबद्ध रही बाहिरका विभिन्न जिल्लाबाट आएर हेटौँडा बस्ने व्यक्ति हुन् या कान्ति लोकपथमार्फत चुच्चे खोला हुँदै आवतजावत गर्ने हुन्, जो–कोहीले पनि यहाँबाट घरमा कोसेलीका रुपमा खुवा लैजाने गर्दछन् । करिब २०३५र३६ सालतिरदेखि चुच्चे खोला क्षेत्रमा सुरु भएको खुवा बनाउने व्यवसाय पछिल्ला वर्षमा यहाँको उत्कृष्ट पहिचान त बन्यो नै, यो क्षेत्र हेटौँडाको कोसेली घरकै रुपमा स्थापित बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)