कमजोर स्वास्थ्यका कारण बङ्गलादेशका राष्ट्रपतिद्वारा राजीनामा
nepalnews.com · Sat Jul 25 01:09:05 GMT 2026
ढाका। बांङ्लादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले स्वास्थ्यसम्बन्धी गम्भीर समस्या देखाउँदै शुक्रबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमार्फत उनको पदत्यागको औपचारिक जानकारी दिइएको हो।
७६ वर्षीय शाहावुद्दिनले अप्रिल २०२३ देखि राष्ट्रप्रमुखको औपचारिक जिम्मेवारी सम्हाल्दै आएका थिए। उनको कार्यकालका दौरान सन् २०२४ मा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएसँगै बांङ्लादेशमा राजनीतिक अस्थिरताको अवस्था सिर्जना भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)