बाजुरामा पहिरो : १३ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो
lokaantar.com
बाजुराको बडिमालिका नगरपालिका ९ सेलागाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण १३ घरधुरी जोखिममा परेका छन् । तीमध्ये तीन घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा पुगेका छन् ।
शुक्रबार बिहान करिब ४:३५ बजे घरमाथिबाट पहिरो खसेर बस्ती जोखिममा परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी टोली घटनास्थल पुगी प्रभावित १३ घरधुरीको घरपरिवारका सदस्य, अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा अन्य सरसामान सुरक्षित स्थानमा सारेर उद्धार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)