विद्यार्थीको रगतबाट बनेको सत्ता, विद्यार्थीको राजनीतिसँग किन डराउँछ ?
nepalpress.com · Sat Jul 25 01:18:51 GMT 2026

नेपालको राजनीतिक इतिहासमा एउटा दृश्य बारम्बार दोहोरिन्छ । सडकमा हुँदा सबैलाई आन्दोलन प्रिय हुन्छ, सत्तामा पुगेपछि त्यही आन्दोलन अराजक लाग्न थाल्छ । आफूले गरेको विद्रोह क्रान्ति हुन्छ, अरूले गरेको विद्रोह अव्यवस्था । आफूले उठाएको झन्डा परिवर्तनको प्रतीक हुन्छ, अरूले उठाएको झन्डा ‘दलगत सङ्क्रमण’ । आफूलाई प्रहरीले लाठी हान्दा त्यो राज्य दमन हुन्छ, आफ्नै कार्यकालमा प्रहरीले नागरिकलाई कुट्दा त्यो ‘परिस्थिति नियन्त्रण’ बन्छ ।
सत्ता सायद मानिसको चरित्रभन्दा पहिले उसको स्मृति भ्रष्ट बनाउँछ । तर समस्या केवल स्मृतिको होइन । अझ गहिरो समस्या यो हो कि धेरै आन्दोलनहरू सत्तामा पुगेपछि आफूले मागेको स्वतन्त्रतालाई संस्थागत गर्न सक्दैनन् । उनीहरू पुरानो सत्तालाई हटाउँछन् । तर पुरानो सत्ताको मानसिकता, संरचना र नियन्त्रणको शैलीलाई जस्ताको तस्तै राख्छन् । पात्र बदलिन्छन्, शक्ति चलाउने तरिका चाहिँ बदलिँदैन । यही कारणले कुनै पनि आन्दोलनको वास्तविक परीक्षा सडकमा हुँदैन । सत्तामा पुगेपछि हुन्छ । आज प्रधानमन्त्री बालेन्द्र शाहको सरकारका केही निर्णय र व्यवहारमाथि उठिरहेको प्रश्नलाई यही ऐनामा हेर्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)