हसिनाको घोषणा - यसैवर्ष बङ्गलादेश फर्कन्छु
nepalviews.com · Sun Jun 28 12:33:03 GMT 2026

काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेकी छन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
७८ वर्षीया हसिना विद्यार्थी नेतृत्वको आन्दोलनका कारण सन् २०२४ को अगस्टमा उनको १५ वर्ष लामो शासन अन्त्य भएपछि छिमेकी भारतमा आश्रय लिइरहेकी छन् । त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिएकी छन् । गत जनवरीमा भने उनले नयाँदिल्लीस्थित प्रेस क्लबबाट भिडियोमार्फत सम्बोधन गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)