विभाजन, खिचातानी र शक्तिसंघर्ष : के होला इन्फान्टिनो र यूईएफएको आगामी बाटो ?
ratopati.com · Sun Aug 30 01:58:50 GMT 2026
फिफा अध्यक्ष जियानी इन्फान्टिनो र युरोपेली फुटबल महासंघ (यूईएफए) बीचको विवाद पछिल्लो समय थप चर्किएको छ । फिफाको प्रतियोगितामा निजी लगानी भित्र्याउने इन्फान्टिनोको योजना फिफा फर्वार्ड इन्टरप्राइज (एफएफई) स्थगित भइसके पनि त्यसले जन्माएको विवाद भने कानुनी बाटोतर्फ उन्मुख भएको छ ।
यूईएफएका वकिलहरूले अमेरिकामा दायर गरेका कानुनी कागजातमा इन्फान्टिनोमाथि निकै कडा आरोप लगाएका छन् । उनीहरूले प्रस्तावित योजनामा विश्वकपको मूल्यांकन अस्वाभाविक रूपमा कम गरिएको, खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट लगानीकर्ता छनोट नगरिएको र स्वतन्त्र मूल्यांकनसमेत नगरिएको दाबी गरेका छन् । यूईएफएको आरोपमा उक्त कारोबारले फिफा र उसका २११ सदस्य राष्ट्रलाई प्रत्यक्ष क्षति पुर्याउने अवस्था सिर्जना गरेको र प्रक्रिया गोप्य रूपमा अघि बढाइएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)