फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
kendrabindu.com · Sat Jul 25 01:31:59 GMT 2026

काठमाडौं । फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि साजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन् ।
सामाजिक सञ्जाल एक्स मार्फत राष्ट्रपति इमानुएल म्याक्रोनले सांसदहरूलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिदै आफु यस विषयमा प्रतिबद्ध रहेको बताए । उनले छिटै यो निर्णयको कार्यन्वयन गरी १५ वर्ष मुनिका बालबालिकाहरूका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने उल्लेख गरे । यो संवैधानिक परिषद्को निर्णयमा निर्भर रहि आफ्ना बच्चाहरूलाई अनलाइनको असुरक्षा बाट जोगाउन सबैलाई आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)