घरमाथिबाट पहिरो खसेपछि बाजुराका १३ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण
nepalnews.com · Fri Jul 24 06:24:56 GMT 2026

बाजुरा। बाजुराको बडिमालिका नगरपालिका-०९ सेलागाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण १३ घरधुरी जोखिममा परेका छन्। तीमध्ये तीन घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा पुगेका छन्।
शुक्रबार बिहान करिब ४:३५ बजे घरमाथिबाट पहिरो खसेर बस्ती जोखिममा परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी टोली घटनास्थल पुगी प्रभावित १३ घरधुरीको घरपरिवारका सदस्य, अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा अन्य सर-सामान सुरक्षित स्थानमा सारेर उद्धार गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)