ट्रम्पको चेतावनीले विश्व अर्थतन्त्रमा बढ्दो चिन्ता
kalakarmi.com · Fri Jul 24 06:28:34 GMT 2026

वासिङ्टन डिसी- मध्यपूर्वमा शान्तिको सम्भावना झन् टाढिँदै गएको देखिएको छ। अमेरिका र इरानबीचको तनाव फेरि तीव्र बनेपछि विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग स्ट्रेट अफ होर्मुज केन्द्रमा राखेर नयाँ द्वन्द्वको खतरा बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले गम्भीर वार्तामा नआए अमेरिकाले पूर्ण शक्तिका साथू ठूलो सैन्य आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।
ट्रम्पले एक्सियोसलाई दिएको अन्तर्वार्तामा इरानमाथि अहिलेसम्म पर्याप्त दबाब नपरेको दाबी गर्दै आवश्यक परे अझ कडा सैन्य कदम चालिने संकेत दिएका हुन्। उनले इजरायल अहिले पनि पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै, हालका लागि अमेरिकाले नै परिस्थिति सम्हाल्न सक्ने विश्वास व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)