क्यूट केटाकेटीलाई क्यूट नै रहन दिउँ
kalakarmi.com · Sat Jul 25 02:01:10 GMT 2026

काठमाडौं- रोल्पाका तीन अबोध बालबालिका रङ्गीचङ्गी रेनकोट लगाएर वर्षाको हिलो बाटो हुँदै विद्यालय जाँदै गरेको एउटा छोटो भिडियो केही दिनयता सामाजिक सञ्जालमा अत्यधिक भाइरल बन्यो । भिडियो हेर्ने जो–कोहीले ती नानीहरूको निर्दोष मुस्कान, निष्कपट हाउभाउ र गाउँले परिवेशको सरल सौन्दर्यलाई मन पराए। त्यो दृश्यमा कुनै अभिनय थिएन, कुनै कृत्रिमता थिएन, केवल बाल्यकालको स्वाभाविक सुन्दरता थियो ।
तर नेपालमा कुनै पनि कुरा भाइरल भएपछि त्यसको नियति प्रायः एउटै हुने गरेको छ- त्यसलाई सामग्री (कन्टेन्ट) मा रूपान्तरण गर्ने, त्यसबाट पैसा कमाउने र सकेसम्म धेरै ‘भ्युज’ बटुल्ने । अहिले ठीक त्यही भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)