अवैतनिक वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह- आर्थिक कूटनीति र वैदेशिक लगानी भित्र्याउन सक्रिय हुनुस्
onlinekhabar.com · Fri Jul 24 06:54:11 GMT 2026

८ साउन, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई मजबुत बनाउन र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न अवैतनिक वाणिज्यदूतहरूलाई आग्रह गरेका छन्।
काठमाडौँमा आयोजित मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औँ वार्षिक साधारणसभा तथा चार्टर दिवसलाई सम्बोधन गर्दै मन्त्री खनालले नेपाल र सम्बन्धित मुलुकहरूबीचको सम्बन्ध सेतुका रूपमा काम गर्न वाणिज्यदूतहरूलाई आग्रह गरेका हुन्। खासगरी नेपालमा आवासीय कूटनीतिक नियोग नभएका मुलुकहरूसँग व्यावसायिक, सांस्कृतिक र संस्थागत सम्बन्ध विस्तार गर्न अवैतनिक वाणिज्यदूतहरूले पुर्याएको योगदानको उनले प्रशंसा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)