रास्वपा सांसद बब्लु गुप्ता मोटरसाइकलमा उभिएको भिडियो भाइरल, ट्राफिक प्रहरीले गर्यो जरिबाना
techpana.com · Fri Jul 24 07:03:39 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बब्लु गुप्ता मोटरसाइकलको पछाडि उभिएर यात्रा गरिरहेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडिओ सार्वजनिक भएपछि ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै ट्राफिक प्रहरीले सांसद गुप्तालाई ५०० रुपैयाँ जरिबाना गरेको छ ।
भाइरल भिडियोमा उनी मोटरसाइकलको पछाडि उभिएर आफ्नो मोबाइल फोनबाट भिडियो खिचिरहेको देखिन्छ । गुप्ताले ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो । सर्वसाधारणलाई नियम पालना गर्न आग्रह गर्ने जनप्रतिनिधिले नै नियम उल्लङ्घन गरेको भन्दै उनीमाथि कारबाही हुनुपर्ने मागसमेत उठेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)