कहाँ कहाँ पर्छ पानी?
himalpress.com · Sun Aug 30 02:04:28 GMT 2026

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल र बाँकी भू–भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका केही, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)