सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
ratopati.com · Fri Jul 24 07:18:57 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतमा सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा फर्किएकी छिन् । कामु प्रधानन्यायाधीश प्रधान र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा शुक्रबार ३६ वटा पेसी तोकिएको छ ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमण प्रस्थान गरेसँगै प्रधान कामु प्रधानन्यायाधीशमा फर्किएकी हुन् । यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षको उमेर हदका कारण अनिवार्य अवकाश भएसँगै प्रधान कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)