सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
ratopati.com · Fri Jul 24 07:32:09 GMT 2026

काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापन टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको तीन महिनाको अवधिमा विपद् तथा दुर्घटनामा परेका ३ सय ४७ जना नागरिकको सकुशल उद्धार गरेको छ।
सशस्त्र प्रहरीका अनुसार सो अवधिमा नदी, ताल तथा खहरे खोलाहरूमा डुबेका र बगाएका २ सय ११ वटा घटनाबाट ८६ जनाको जीवितै उद्धार गरिएको छ भने मृत्यु भएका १ सय २२ जनाको शव निकालिएको छ। यस्तै, बाढी, डुबान र कटानको जोखिममा परेका २ सय ३९ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)