स्रोत नखुलेको ६ लाख ६५ हजार नगदसहित विराटनगर विमानस्थलबाट उपसचिव तामाङ पक्राउ
canadanepal.com · Fri Jul 24 07:33:25 GMT 2026

विराटनगर- राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङ ६ लाख ६५ हजार रुपैयाँ स्रोत नखुलेको नगदसहित विराटनगर विमानस्थलबाट पक्राउ परेका छन्।
दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–९ निवासी तामाङ साउन ३ गते बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौँ जाने क्रममा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीको नियन्त्रणमा परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)