कर्णालीका मुख्यमन्त्री कँडेलको पद संकटमा, अविश्वासको प्रस्तावमाथि आज छलफल हुने
kendrabindu.com · Sat Jul 25 02:58:49 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्वलाई लिएर उत्पन्न राजनीतिक संकट थप जटिल बन्दै गएको छ । केन्द्रमा नेकपाका शीर्ष नेताहरूले वामपन्थी एकताको पक्षमा सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला कर्णालीमा भने मुख्यमन्त्री यामलाल कँडेलको नेतृत्वप्रति असन्तुष्टि थप गहिरिँदै गएको छ ।
मुख्यमन्त्री कँडेलले राजीनामा नदिएसम्म उनीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता नहुने नेकपाको प्रदेश नेतृत्वको अडान छ । स्रोतका अनुसार मुख्यमन्त्री यामलाल कँडेल र नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीबीच यस विषयमा दुईपटक भेटवार्ता भइसकेको छ । तर, ती दुवै भेटबाट कुनै सहमति निस्किन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)