ऐतिहासिक उपलब्धि : घर्तीभीर फुटेपछि सञ्चालनमा आयो उदयपुर-खोटाङ जोड्ने फास्ट ट्रयाक
nagariknews.nagariknetwork.com · Sun Jun 28 12:35:15 GMT 2026

उदयपुर र खोटाङलाई छोटो दूरीबाट जोड्ने सडक निर्माणको वर्षौँदेखिको प्रमुख अवरोध मानिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित चर्चित घर्तीभीर अन्ततः फुटाइएको छ। भीरको चट्टान काटेर सडक मार्ग खुलाइएपछि रेग्मीटार–आहाले–दिक्तेल सडक सञ्चालनमा आएको छ।
उदयपुरको गाईघाटदेखि खोटाङ सदरमुकाम दिक्तेलसम्म सोझो दूरीमा जोड्ने लक्ष्यसहित निर्माण गरिएको यो सडकलाई क्षेत्रीय यातायात पहुँच विस्तारका हिसाबले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। साप्सु खोलाको किनारस्थित रेग्मीटारबाट आहाले हुँदै दिक्तेल जोड्ने सडक निर्माणका क्रममा सबैभन्दा कठिन मानिएको घर्तीभीर पार गर्न झण्डै दुई साताको निरन्तर प्रयास गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)