इबोलाको नयाँ खोपको पहिलो परीक्षण
canadanepal.com · Sat Jul 25 03:19:22 GMT 2026
पेरिस- अफ्रिकी राष्ट्र डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिरहेको घातक बुन्डिबुग्यो प्रजातिको इबोलाविरुद्ध द्रुत गतिमा विकसित गरिएको नयाँ खोपको पहिलो मात्रा शुक्रबार एक स्वयंसेवकलाई लगाइएको अक्सफोर्ड विश्वविद्यालयले जनाएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार मे महिनादेखि सुरु भएको यो प्रकोपका कारण कङ्गो र युगान्डामा हालसम्म एक हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। तीव्र रूपमा फैलिरहेको संक्रमण नियन्त्रण गर्न वैज्ञानिक र स्वास्थ्य संस्थाहरूले यस दुर्लभ इबोला प्रजातिविरुद्ध खोप तथा उपचार विकासलाई प्राथमिकता दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)