पासवर्डको विकल्प बनिरहेको पासकीः प्रयोग गर्न जति सहज, पुरा जानकारी बिना हुनसक्छ उत्तिकै झन्झट
techpana.com · Fri Jul 24 08:05:07 GMT 2026

काठमाडौं । आफ्नो फोनमा पहिलो पटक पासकी (Passkey) सिर्जना गर्दा, धेरैलाई लगइनको समस्या सधैंको लागि समाधान भएजस्तो महसुस भएको हुन सक्छ । फेस अनलकको मद्दतले तुरुन्तै लगइन हुन्छ; न त केही टाइप गर्नुपर्ने, न त नयाँ कुरा नै सम्झिनुपर्ने ।
तर, आफ्नो फोन साथमा नभएको बेला अर्कैको ल्यापटपबाट भिन्न ब्राउजर प्रयोग गरी लगइन गर्ने प्रयास गर्दा यो सहज अनुभव विस्तारै झन्झटिलो बन्न पुग्छ । यसले प्रयोगकर्तालाई अकाउन्टबाटै पूर्ण रूपमा वञ्चित (lock out) त नगर्ला, तर अकाउन्टको पहिचान (credential) सुरक्षित राखिएको डिभाइस उपलब्ध नहुँदा यसको सहजता कति चाँडै हराउन सक्छ भन्ने कुरा भने प्रस्ट पार्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)