विश्वकपलगत्तै भिनिसियस जुनियरले कस्मेटिक सर्जरी गरेर फेरे आफ्नो अनुहार
nepalpress.com · Fri Jul 24 08:16:27 GMT 2026

काठमाडौं । ब्राजिलियन स्टार तथा रियल म्याड्रिडका विंगर भिनिसियस जुनियरले सामाजिक सञ्जालमा चर्चा र प्रश्नहरूको लहर पैदा गरेका छन् । सन् २०२६ को विश्वकपमा देखिएको भन्दा अहिले उनको अनुहारको बनावट पूर्णरूपमा भिन्न देखिएको छ ।
ब्राजिलियन टोली (सेलेसाओ) विश्वकपबाट चाँडै बाहिरिएको थियो । चर्चित अमेरिकी अखबार ‘न्यूयोर्क पोस्ट’ का अनुसार, यी प्रसिद्ध ब्राजिलियन विंगरले आफ्नो चिउँडोको भागमा कस्मेटिक सर्जरी गराएका हुन् । यसको परिणाम स्वरूप, हालैको विश्वकपका क्रममा खिचिएका तस्बिरहरूको तुलनामा उनको अनुहारमा स्पष्ट परिवर्तन देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)