गेउरिया खोलामा पक्की पुल बनेसँगै कृषि सडकमा सहज आवागमन
barnanmedia.com · Sat Jul 25 03:22:43 GMT 2026

कमल गाउँपालिका–५ र ६ को सीमावर्ती मङ्गलबारे बजारपूर्व काँटा चोक नजिक रहेको गेउरिया खोलामा पक्की पुल निर्माण हुँदा वर्षायाममा स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको आवागमनको सास्ती हटेको छ ।
यसअघि उक्त स्थानमा रहेको कजवे (होचो) पुलबाट आवतजावत हुँदै आएको थियो । तर बर्खायाममा खोलाको बहाव बढ्नेबित्तिकै कजवे डुबानमा पर्दा सवारीसाधन सञ्चालन बन्द हुने र स्थानीयवासीलाई दैनिक आवागमन, कृषिउपज ढुवानी, विद्यार्थीको विद्यालय आवतजावत तथा बिरामीलाई अस्पताल लैजानसमेत कठिनाइ हुने गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)