मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
ratopati.com · Sat Jul 25 03:44:42 GMT 2026

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शनिबार साउन ९ गते बिहान करिब ४:०० बजे मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायाँनाथ रारा नगरपालिका –१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुंगा सहितको पहिरो घरमा खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)