विपन्न घाइतेका लागि ट्रमा सेन्टरलाई महानगरको ८० लाखको इम्प्लान्ट सहयोग
nagariknews.nagariknetwork.com · Sat Jul 25 03:25:07 GMT 2026

काठमाडौ महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक्स एण्ड ट्रमा इमपलान्च (स्टील पाता तथा रड) ८० लाख मूल्य बराबरकाे इमप्लान्ट हस्तान्तरण गरेकी हुन्। महानगरकी कार्यवाहक सुनिता डंगोलले सेन्टरका निर्देशक डा. रुद्र मरासिनीलाई उक्त इमपलान्ट/स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन्।
यौ अस्पतालमा गम्भीर घाइते बनेर आउने बिरामीको शल्यक्रियामा प्रयोग हुन्छ। अस्पतालमा आउने विपन्न बिरामीलै यस्तो सामाग्री किन्न नसकेको कारण उपलब्ध गराएको महानगरकी मेयर डंगोलले बताइन्। उनले भनिन्, ‘स्वास्थ्य सेवामा पहुँच नपुगेको कारण कसैले जीवनको आहुति दिन नपरोस् भन्ने उदेश्यले सहकार्य गरेका हौ।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)