लिभरमा समस्या छ कि छैन भनेर आँखा र हात हेरेर पनि पत्ता लाग्न सक्छ
kalakarmi.com · Fri Jul 24 08:04:40 GMT 2026

काठमाडौं- कलेजो (लिभर) शरीरको अत्यन्तै महत्वपूर्ण अंग हो । यसले खाना पचाउन आवश्यक पित्त उत्पादन गर्ने, शरीरमा जम्मा भएका विषाक्त पदार्थ हटाउने, ऊर्जा सञ्चय गर्ने, प्रोटिन निर्माण गर्ने तथा विभिन्न औषधिको प्रशोधन गर्ने जस्ता महत्वपूर्ण काम गर्छ ।
तर चिकित्सकहरूका अनुसार कलेजोको विशेषता नै यस्तो हुन्छ कि करिब ८० प्रतिशतसम्म क्षतिग्रस्त हुँदासमेत यसले स्पष्ट लक्षण देखाउँदैन । यही कारणले फ्याटी लिभर, हेपाटाइटिस, लिभर सिरोसिस र अन्य गम्भीर कलेजोसम्बन्धी रोगहरू प्रारम्भिक चरणमै पहिचान गर्न कठिन हुने गर्छ । स्वास्थ्य विज्ञहरूका अनुसार शरीरले भने कलेजोमा समस्या भइरहेको संकेत विभिन्न माध्यमबाट दिन थाल्छ। विशेषगरी हातको हत्केला र आँखाको सेतो भागमा देखिने परिवर्तनलाई बेवास्ता गर्नु हुँदैन । समयमै यस्ता संकेत पहिचान गर्न सके गम्भीर रोगलाई प्रारम्भिक अवस्थामै नियन्त्रण गर्न सकिने चिकित्सकहरूको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)