आर्थिक सुधारका कानुनी गाँठाे ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
shilapatra.com · Fri Jul 24 08:39:00 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत तथा कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् । बिहीबार (हिजो) मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधारका योजनाबारे आयोजित छलफलमा उनले यस्तो बताएका हुन् ।
उद्योगमन्त्री गौरीकुमारीको उपस्थितिमा भएको उक्त छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थाका क्षेत्रमा गर्नुपर्ने आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी विषयलाई कार्यतालिकाबद्ध गरी प्रत्येक मन्त्रालयले काम अघि बढाउनुपर्नेमा अर्थमन्त्रीको जोड थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)