बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
rajdhanidaily.com · Sat Jul 25 04:20:20 GMT 2026

काठमाडौं । बुद्ध एयरले आज एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गरिनेछ ।
बुद्ध एयरले कल साइन ९ एन–एओएस विमान फ्रान्सको तुलुसबाट ल्याएको हो । यो एटीआर–७२–६०० विमानमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ । यस सिरिजका विमान कम इन्धन खपत गर्नाले यो वातावरण मैत्री मानिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)