बुद्ध एयरले थप्यो अत्याधुनिक एटीआर–७२–६०० जहाज, अर्को महिनादेखि उडानमा ल्याइने
aarthiknews.com

काठमाडौं । बुद्ध एयरले नयाँ सिरिजको एटीआर–७२–६०० जहाज थपेको छ । कम्पनीले शनिबार फ्रान्सको तुलुसबाट उक्त जहाज नेपाल भित्र्याएको हो । आवश्यक कागजी प्रक्रिया पूरा भएपछि जहाजलाई आगामी महिनादेखि व्यावसायिक उडानमा ल्याइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ जहाजमा पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली जडान गरिएको छ । कम इन्धन खपत गर्ने भएकाले यो जहाज वातावरणमैत्री हुनुका साथै अघिल्लो सिरिजको तुलनामा कम ध्वनि प्रदूषण गर्ने दाबी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)