मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको *मृ*त्यु, बाबुआमा घाइते
canadanepal.com · Sat Jul 25 04:18:33 GMT 2026
मुगु - मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा घरमाथि ढुंगा सहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्।
प्रहरीका अनुसार शनिबार बिहान करिब ४ बजे पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै बसिरहेका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुंगा सहितको पहिरो खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)