सांसद पौडेलमाथि भएको मसी प्रहारको रास्वपाद्वारा भर्त्सना
nagariknews.nagariknetwork.com · Sat Jul 25 04:23:59 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी गरिएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले शुक्रबार जारी गरेको विज्ञप्तिमा साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा सांसद पौडेलमाथि भएको उक्त घटनाको घोर भर्त्सना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)